एमालेमा मध्यावधि चुनावी कमान्डर रामबहादुर थापा तोकिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २२

काठमाण्डौँ । आगामी फागुन २१ गतेको मध्यावधि निर्वाचनका निम्ति कमान्डरमा उपाध्यक्ष रामबहादुर थापा बादल तोकिएका छन् ।

मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले बरियतामा अध्यक्ष केपी शर्मा ओलीपछि रहेका थापालाई निर्वाचन परिचालन कमिटीको संयोजक बनाउने निर्णय गरेको हो ।

कमिटीको सचिवमा विष्णु रिमाल छन् । त्यस्तै कमिटी सदस्यहरुमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की रहेका छन् ।

रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि समितिमा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *