पालिका स्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चन्द्र ज्योति माविमा हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २१

सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता विभिन्न खेलकुद विधामा सञ्चालन हुने भएको हो ।

प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, हाइजम्प, सटफुट, त्रिपल जम्प, लङ जम्प र ज्याभलिन थ्रो विधामा छात्र तथा छात्राहरूबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी दौडतर्फ ३००० मिटर दौड, ४×१०० मिटर रिले तथा १०० मिटर दौड प्रतियोगिता पनि समावेश गरिएको छ।

उक्त प्रतियोगिता २०८२ साल पौष २५ गतेदेखि २७ गतेसम्म हरेक दिन बिहान ७ः३० बजेबाट सुरु हुने छ। प्रतियोगिताको आयोजना चन्द्र ज्योति माध्यमिक विद्यालय, भकाञ्जेमा गरिने आयोजकले जनाएको छ।

विद्यालयस्तरका विद्यार्थीहरूमा खेलकुद प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रतियोगिता तोकिएको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा खेलप्रेमीहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आयोजकले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *