काठमाण्डौँ महानगरलाई थप सुरक्षित र प्रविधिमैत्री बनाउने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २०

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिइएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान तीव्र बनाएको हो ।

कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरानेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार यस क्रममा वडा नं २६ ले वडामा निगरानी कक्ष सञ्चालनमा ल्याई विभिन्न ७७ वटा क्यामरा जडान गरिसकेको छ ।

वडा नं ३२ र ३ को बोलपत्र आह्वान हुने चरणमा छ । वडा नं १४ को बोलपत्र आह्वान भइसकेको छ । सहरभित्रका सिसिटिभी क्यामराबाट प्राप्त दृश्यको निगरानी गर्न बालाजु बाइसधारा उद्यान क्षेत्रमा सर्भलेन्स रुम (निगरानी कक्ष) बनाउनका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको वडाध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *