|
२०८२ पुष १९
सर्लाहीको बागमतीमा किसानहरू माघे सङ्क्रान्ति नजिकै तरुल खन्न व्यस्त भएका छन्। बागमती नगरपालिका–४, ५, र ६ को बगर क्षेत्र तरुल खेतीका लागि उपयुक्त मानिन्छ। यहाँ वर्षेनी करिब ५०० हेक्टरमा तरुल उत्पादन हुन्छ।
उत्पादन भएका तरुल काठमाडौँको कालिमाटी तरकारी बजार हुँदै देशका अन्य सहरमा पुग्छ। स्थानीय किसान रामसुन्दर महतोका अनुसार, गत वर्ष १००–१२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको तरुलबाट राम्रो आम्दानी भएको थियो। यस वर्ष अहिले ५०–७० रुपैयाँमा बिक्री भइरहेको छ।
किसान हेमबहादुर पुलामीले भने, एक कठ्ठा तरुलमा १०–१३ हजार खर्च लाग्छ र राम्रो मौसममा १२–१८ क्विन्टल फल्छ। यसरी बिक्री हुँदा लाखभन्दा बढी आम्दानी सम्भव छ।
तरुल विशेष गरी माघे सङ्क्रान्तिमा फलारको रूपमा र अन्य समयमा तरकारीको रूपमा मागमा रहन्छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्