|
२०८२ पुष १६
काठमाण्डौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा १ सय २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्