सुदनले तानेर लगेपछि कुलमानसहित त्रिपक्षीय छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

काठमाण्डौँ । सोमबार अपराह्न बौद्धको अन्तरा होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको थियो । उक्त बैठकमा पार्टीको संरक्षक समेत रहेका कुलमान घिसिङ समेत सहभागी थिए ।

त्यसैबेला सुदन गुरुङ होटलमा पुगे । उनले कुलमानलाई ‘फेरि मिल्नुपर्छ’ भन्दै छलफलमा जान आग्रह गरे । फाइनल लिस्ट तयार भइरहेको अवस्थामा फेरि छलफलमा जुट्न आनाकानी गरिरहेका थिए कुलमान । तर, सुदनले छाडेनन् । उनलाई हात समातेर लगेपछि कुलमान केन्द्रीय समितिबाट बाहिरिएका थिए ।

अहिले कमलपोखरीमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र घिसिङबिच अन्तिम वार्ता भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *