महोत्तरीमा शीतलहरका कारण विद्यालय बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

काठमाण्डौँ । महोत्तरीमा हुस्सु र कुहिरोका कारण अत्यधिक चिसो बढेसँगै महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ । जिल्लाका १५ वटै पालिकाले विद्यालयमा बिदा दिने निकालेका छन् ।

पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले जाडो बिदाको सूचना हिजो बेलुकी नै निकालेका छन् । पाँच दिनसम्म विद्यालय बन्द गर्ने भएका छन् । यसअघि जिल्लाका भङ्गाहा, रामगोपालपुर र जलेश्वर नगरपालिकाले भने शीतलहर शुरू भएलगत्तै गत मङ्गलवार नै बिदाको सूचना जारी गरेका थिए ।

बढ्दो जाडोले खासगरी आधारभूत तहका स–साना नानीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्नसक्ने हुँदा विद्यालयमा बिदा दिने निर्णय गरिएको भङ्गाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहको भनाइ छ ।

जिल्लाका झन्डै सबै भेगमा पछिल्लो एक हप्तायता बाक्लो हुस्सुले ढाक्दै आएको छ । पछिल्ला पाँच दिनयता झनै चिसो सिरेटो आउन थालेपछि विद्यालय मात्र नभइ हाटबजारको चहलपहल पनि निकै घटेको छ । यो मौसमले खेतीपातीको काम पनि प्रभावित बनाएको किसानले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *