फ्लोरिडामा भेटेपछि वार्ता ‘उत्कृष्ट’ र ‘शानदार’ ट्रम्प र जेलेन्स्कीको भनाई

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् ।

जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रतिशतसम्म टुंगिएको बताएका छन् ।

तर अमेरिकी राष्ट्रपतिले ‘एक–दुई अत्यन्तै जटिल विषय’ अझै बाँकी रहेको पनि बताएका छन् । उनका अनुसार जमिन (भू–भाग) सम्बन्धी प्रश्न सबैभन्दा कठिन बनेको छ ।

ट्रम्पले डोनबासमा फ्री–ट्रेड जोन स्थापना गर्ने विषयमा भने अहिलेसम्म सहमति हुन नसकेको बताए ।

प्रेस कन्फरेन्सका क्रममा एक पत्रकारले युक्रेनको पुनर्निर्माणमा रुसको पनि कुनै जिम्मेवारी हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए । यसको जवाफमा ट्रम्पले रुसले यसमा सहयोग गर्ने बताए ।

ट्रम्पका अनुसार युक्रेनको सफलता हेर्ने चाहनामा पुटिन निकै उदार देखिएका छन् । उनले यसमा ‘धेरै सस्तो मूल्यमा ऊर्जा, बिजुली र अन्य वस्तुको आपूर्ति’ पनि समावेश रहेको बताए ।

यद्यपि ट्रम्पले पुटिन युद्धविराममा सहमत नहुनुको कारण पनि उल्लेख गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *