|
२०८२ पुष १२
धनगढी । कञ्चनपुरमा भएको सवारी दुर्घटनामा एक व्यक्ति मृत्युवरण गरेका छन्। शुक्लाफाटा नगरपालिका–५, बनसमितिमा शुक्रबार मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
मोटरसाइकल चालक ४५ वर्षीय गड्डु विक टाउको र खुट्टामा चोट लागेर घाइते भएका थिए। उनलाई प्राथमिक उपचारपछि झलारी अस्पतालबाट महाकाली प्रादेशिक अस्पतालमा लगिएको थियो। उपचारको क्रममा राति ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ४० वर्षीय विरराम पोखरेल पनि घाइते भएका छन्। उनको झलारीमा उपचार भईरहेको छ।
दुर्घटनामा ट्याक्टर चलाउने लालझाडी गाउँपालिका–३ का २६ वर्षीय वीरेन्द्र राना थिए। घटना पश्चात् ट्याक्टर, ट्याक्टर चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्