|
२०८२ पुष ११
काठमाण्डौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न समूह ‘ए’को आफ्नो पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५–१७, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्