|
२०८२ पुष ८
काठमाण्डौँ । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न ३८ औं वार्षिक साधारणसभा बोलाएको छ ।
सभा पुस ३० गते केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लगानीसम्बन्धि व्यवस्था थप परिमार्जन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्नेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्