राष्ट्रिय सभा निर्वाचनका लागि पुस १९ गते मतदाता नामावली प्रकाशन हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ७

काठमाण्डौँ । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नाम यही पुस १९ गते प्रकाशन हुने भएको छ ।

निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनररउजुरी माथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।

पुस २४ गते विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता चाहनलेलाई समय दिने, र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

पुस २८ गते उम्मेदवारले निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट पाउनेछन् । यस्तै, माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *