नाउपा केन्द्रीय कमिटी बैठक जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ६

काठमण्डौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कमिटी बैठक जारी छ । आइतबार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा बैठक चलिरहेको हो ।

पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।

नाउपामा विद्रोहपछि नाउपा, नेपाल पार्टी गठन गरिएको छ ।

पार्टीका संस्थापक रेशम चौधरीले नाउपाबाट विद्रोह गर्दै नाउपा, नेपाल गठन गरी निर्वाचन आयोगमा दर्ता गराइसक्नुभएको छ । यसबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *