दक्षिण अफ्रिकामा गोलीकाण्डमा ९ जनाको मृत्यु, १० घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ६

काठमाण्डौँ । दक्षिण अफ्रिकाको जोहान्सबर्ग सहरको पश्चिममा रहेको एक टाउनसिपमा भएको गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दक्षिण अफ्रिकी प्रसारण निगम (एसएबीसी) न्युजले आइतबार यो जानकारी दिएको हो ।

जोहान्सबर्ग पश्चिमस्थित बेकरसडाल (Bekkersdal) टाउनसिपमा भएको घटनाबारे प्रहरीले तत्काल प्रतिक्रिया दिएको छैन । रोयटर्सले प्रतिक्रिया माग्दा पनि स्थानीय प्रहरीले कुनै टिप्पणी नगरेको जनाएको छ।

यसअघि एसएबीसी न्युजले घटनामा १० जनाको मृत्यु भएको जनाएको थियो । तर पछि सामाजिक सञ्जाल एक्स (X) मा गरिएको एक पोस्टमार्फत मृतकको संख्या संशोधन गर्दै ९ मा झारिएको हो ।

घटनाको कारण र संलग्न व्यक्तिहरूबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *