उदयपुरमा खुकुरी प्रहार गरेर भाइको हत्या गर्ने आरोपी फरार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ६

काठमाण्डौँ । उदयपुरको त्रियुगाका एक व्यक्तिले भाइको हत्या गरेका छन् । शनिबार त्रियुगा नगरपालिका–१ जोगीदहका ४३ वर्षीय युवराज राईले ३० वर्षीय भाइ धर्मराजको हत्या गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भर्मराजलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दाजुले आमालाई कुटपिट गरेको विषयलाई लिएर दाजु–भाइबीच भएको विवादका क्रममा भाइमाथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनापछि आरोपी घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ। उनको खोजीकार्य भइरहेको दोङले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *