इम्बोस्ड नम्बर प्लेटको शुल्क घटाउने सरकारको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ६

काठमाडौँ — करिब एक लाख सवारी साधनमा जडान भइसकेपछि सरकारले इम्बोस्ड नम्बर प्लेटको शुल्क घटाउने तयारी थालेको छ। महँगो शुल्कका कारण उपभोक्तामा परेको आर्थिक भार कम गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उच्चस्तरीय समितिको सिफारिसअनुसार शुल्क परिमार्जनको प्रक्रिया अघि बढाएको हो।

समितिले प्लेटबाहेक सर्भर, डाटाबेस, आरएफआईडी गेट र ह्यान्डहेल्ड डिभाइसजस्ता पूर्वाधारको खर्च उपभोक्ताबाट नलिई सरकारले बेहोर्नुपर्ने सुझाव दिएको छ। ठेक्का रद्द गर्दा ठूलो क्षतिपूर्ति तिर्नुपर्ने कानुनी बाध्यता रहेकाले सम्झौता परिमार्जनमार्फत शुल्क घटाउने विकल्पमा सरकार छलफल गरिरहेको छ।

हाल दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारीका लागि लिइँदै आएको शुल्क घट्ने अपेक्षा गरिएको छ। सरकार प्रदेशसँग समन्वय गरेर जडान प्रक्रिया सहज बनाउने तयारीमा पनि जुटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *