आजको राशिफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ५

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्मकर्ममा मन जानेछ। उच्च शिक्षालाई लिएर माननीयजनहरूको सहयोग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यवसायमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ। मेहनतीहरूको लागि समय उत्तम रहेको छ। प्रतिष्ठित कामले समाजमा मानसम्मान बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका काम बन्नाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य र पराक्रममा वृद्धि हुनेछ। चिताएको काम संपादन गर्नमा सफलता मिल्नेछ। विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पुरुषार्थी काम गर्न सकिनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। नोकरी वा पेशामा अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनतले अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। सञ्चित धनमा वृद्धि हुनेछ। व्यवहारिक पक्ष सबल रहनाले आफन्तहरूको साथ पाइनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा अरूको भरपर्दा दुःख पाइनेछ। आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला। व्यापार लगायतका आर्थिक क्षेत्रमा भनेजस्तो लाभार्जन गर्न नसकिएला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रशासनिक वा राजनीतिक क्षेत्रतिर रोकिएका कार्य सम्पादन हुनेछन्। आश्वासन दिनेहरूले झुक्याउन सक्लान्। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन अप्रसन्न रहनेछ। कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन प्राप्त नहोला। अरुकालागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) संगीत वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। संचित धनमा वृद्धि हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा गरिएको कार्यलाई नै निरन्तरता दिनुहोस्। वाणिमा संयम राख्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परिस्थितिवस चिताएका काममा बाधा आउनेछ। कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउलान सावधान रहनुहोला। नयाँ रोजगारको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। नयाँ कामको जग बसाउने समय रहेको छ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *