|
पुस ४, २०८२
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा १३औँ किन्डर ओलम्पिकको मस्कर्ट अनावरण गरे। सो अवसरमा उनले नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च पनि हस्तान्तरण गरे।
यो ओलम्पिक यही पुस १२ देखि १५ गते दशरथ रंगशालामा आयोजना हुँदैछ। महासङ्घका अनुसार प्रतियोगितामा १२ विभिन्न खेलका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ।

दाक्सु मिडिया
तपाईको प्रतिक्रिया दिनुहोस्