भदौमा भागेका कैदी प्रहरीको सञ्जालमा फँसे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ४

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले भदौ २४ गते जेन-जी आन्दोलनको अवसरमा भागेका दुई कैदीलाई पक्राउ गरेको छ।

मानव बेचबिखन, अपहरण, शरीर बन्धक र सङ्गठित अपराधमा दोषी ठहर भएका काठमाडौं टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई अनुसन्धानको क्रममा पक्राउ गरी पुनः सुन्धारा कारागार पठाइएको विभागका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले उपत्यकाभरि फैलिएका सूचनाको आधारमा उनीहरूलाई खोजी गरी पक्राउ गरेको हो। हाल उनीहरूलाई पुनः कारागारमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *