|
२०८२ पुष ३
काठमाण्डौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङले पदाधिकारीमध्ये सबैभन्दा बढी मत ल्याएका छन् ।
बिहीबार सम्पन्न मतगणना अनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बनेका हुन् । उनलाई अध्यक्ष केपी शर्मा ओलीको भन्दा बढी मत प्राप्त भएको छ ।
उपाध्यक्षमा निर्वाचित गुरुङले १ हजार ७३७ मत पाए । जबकि अध्यक्षमा ओलीले पाएको मत १ हजार ६६३ छ । उपाध्यक्षका अर्का उम्मेदवार विष्णु पौडेलले पनि अध्यक्ष ओलीको भन्दा बढी मत पाएका छन् । पौडेलले १ हजार ६७५ मत पाएका हुन् ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्