यु–१९ एसिया कपमा नेपालको यात्रा समाप्त

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

यु–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ। दुबईमा समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो। उजैरुल्लाह नियाजाईले ६१ रनको महत्वपूर्ण इनिङ्स खेले।

यसअघि नेपाल ४६.४ ओभरमै १२४ रनमा समेटिएको थियो। दिलसाद अलीले ३२ र चन्दन रामले २७ रन बनाए। अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए। लगातार तेस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *