एमाले महाधिवेशन : एक जना व्यक्ति मतदान केन्द्र परिसरबाट पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २

काठमाण्डौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लामबद्ध छन् । नेता तथा समर्थकहरू भने आ(आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् ।

केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् । आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडेर भोट मागिरहेका छन् ।

यही क्रममा एक जना व्यक्ति मतदान केन्द्र परिसरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीले जनाएको छ । सावदले प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरी प्रचारप्रसार गरेको आरोप एमाले कार्यकर्ताहरूले लगाएका छन् ।

सावदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *