आज बुधबार, पौष २ गतेको दिन १२ वटै राशिका जातकका लागि फरक–फरक संकेत लिएर आएको छ। व्यापार, करियर, स्वास्थ्य, पारिवारिक जीवन तथा आर्थिक पक्षमा आजको दिनले के संकेत गर्छ त? हेर्नुहोस् आजको विस्तृत राशिफलः
मेष:
साझेदारी व्यापारबाट लाभ हुने दिन छ। नयाँ व्यावसायिक अनुबन्धले आर्थिक अवस्था मजबुत बनाउनेछ। ओज र तेजले भरिएको दिन रहनेछ। जीवनसाथीबाट उपहार प्राप्त हुने योग छ। शुभ रंग बैजनी, शुभ अंक २।
वृष:
आज प्रभावशाली व्यक्तित्व निर्माण हुने समय छ। तपाईंको प्रस्तुति र उपस्थितिले अरूलाई प्रभावित पार्नेछ। मेहनतको राम्रो फल प्राप्त हुनेछ। प्रशासनिक वा राज्यपक्षबाट लाभ मिल्ने सम्भावना छ। शुभ रंग सेतो, शुभ अंक ६।
मिथुन:
करियरलाई लिएर युवाहरूमा चिन्ता देखिन सक्छ। दुविधाबाट टाढा रहनु उपयुक्त हुनेछ। परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सन्तोषजनक परिणाम मिल्नेछ। व्यापारमा नयाँ काम सुरु गर्न सकिने दिन हो। शुभ रंग निलो, शुभ अंक ४।
कर्कट:
अवसरमा केही अवरोध आए पनि निरन्तर प्रयासले सफलता मिल्नेछ। स्वास्थ्यमा कमजोरी महसुस हुन सक्छ, खानपानमा ध्यान दिनुहोला। शुभ रंग पहेलो, शुभ अंक २।
सिंह:
आफ्नो मेहनतको प्रतिफलबाट अरूले लाभ उठाउन सक्छन्। आफन्तहरूको सहयोग कम मिल्न सक्छ, त्यसैले आत्मबल जोगाउनु आवश्यक छ। खर्च बढ्ने संकेत छ। शुभ रंग बैजनी, शुभ अंक ५।
कन्या:
समाजसेवाको कार्यमा मन जानेछ। बोल्दा संयम अपनाउनु आवश्यक छ, नत्र विवाद उत्पन्न हुन सक्छ। कामको व्यस्तताले परिवारलाई समय दिन नपाएको अनुभूति हुनेछ। शुभ रंग केशरी, शुभ अंक ६।
तुला:
कार्यक्षेत्रमा उन्नतिको ढोका खुल्नेछ। सहकर्मीको सहयोग र तपाईंको आत्मविश्वासले काम सफल हुनेछ। परिवारसँग सुखद समय बित्नेछ। शुभ रंग पहेलो, शुभ अंक ३।
वृश्चिक:
जीवनसाथीसँगको सम्बन्ध मधुर रहनेछ। भावनात्मक साझेदारीबाट सन्तुष्टि मिल्नेछ। नयाँ अवसर खोज्न दौडधुप गर्नुपर्ला। वैदेशिक रोजगारीमा सफलता मिल्ने योग छ। शुभ रंग सेतो, शुभ अंक ६।
धनु:
आजको समय अत्यन्त अनुकूल छ। आफ्नो प्रतिभाले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनेछ। सही समयको सदुपयोगले सुनौलो अवसर मिल्नेछ। शुभ रंग निलो, शुभ अंक ३।
मकर:
शारीरिक वा मानसिक कमजोरी महसुस हुन सक्छ। दिनको सुरुवात चुनौतीपूर्ण भए पनि अन्त्यमा सन्तुष्टि मिल्नेछ। कार्यक्षेत्रमा नयाँ चुनौती सामना गर्नुपर्ला। शुभ रंग निलो, शुभ अंक २।
कुम्भ:
धार्मिक कार्यप्रति रुचि बढ्नेछ। वैदेशिक शिक्षाका अवसरहरू खुल्नेछन्। सामाजिक सेवाबाट प्रतिष्ठा बढ्नेछ र तपाईंको बोलीमा सबैले विश्वास गर्नेछन्। शुभ रंग हरियो, शुभ अंक ५।
मीन:
आर्थिक अवस्था मजबुत रहनेछ। बोल्दा संयमता अपनाउनु आवश्यक छ। पारिवारिक तनावले मन अशान्त हुन सक्छ। स्वास्थ्यका कारण खर्च बढ्न सक्छ। शुभ रंग बैजनी, शुभ अंक ६।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्