काठमाण्डौ । नेकपा एमालेको बन्दसत्र हुने भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टीको इतिहासबारे बुझ्ने व्यवस्थादेखि टिकटक बनाउने पार्कसम्मको व्यवस्था मिलाइएको छ ।
आयोजक समितिका एक सदस्य विनोद श्रेष्ठले प्रतिनिधिहरुको रिफ्रेसमेन्टदेखि नेकपा एमालेको राजनीतिक यात्राको इतिहासबारे जानकारी दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रदर्शनीमार्गसँगै जोडिएको मुख्य प्रवेशद्वालाई आकर्षक ढंगले सजाइएको छ । सुनौलो रंग मिश्रित मुख्य प्रवेशद्वारलाई ‘गोल्डेन गेट’ नाम दिइएको छ ।
गोल्डेन गेटबाट प्रतिनिधिहरु सरासर बगैंचाभित्र प्रवेश गर्नेछन् । त्यहाँ नेपाल कम्युनिस्ट पार्टी स्थापनादेखि हालसम्मको एमालेको राजनीतिक यात्राबारे बुझ्न सकिने गरी जानकारीमुलक सामग्रीहरु राखिएको छ ।
त्यहाँबाट अगाडि बढ्दा नेकपा एमालेको जनसंगठनहरुको स्थितिबारे बुझ्न सकिने सामग्रीहरु र सूचनाबारे राखिएको छ ।
त्यसपछि फोटो खिच्ने, टिकटक बनाउने लगायतका गतिविधि गर्न मिल्ने ठाउँ समेत छुट्याइएको छ । त्यसलाई ‘टिकटक पार्क’ नाम दिइएको श्रेष्ठले जानकारी दिए ।
नेकपा एमालेको बन्दसत्रका लागि भृकुटीमण्डपको खुला चौरमा टेन्ट राखेर हल बनाइएको छ । प्रदर्शनी कक्षको हलमा भने खानपानको व्यवस्था मिलाइएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्