|
२०८२ मंसिर २८
काठमाण्डौँ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ ।
भक्तपुरमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र सवा १२ बजे भृकुटीमण्डपमा सुरु हुँदैछ ।
बन्दसत्र १२ बजेपछि सुरु हुने भए पनि प्रतिनिधहरु भृकुटीमण्डपमा पुगेका छन् ।
भृकुटी मण्डपमा बिहानैदेखि प्रतिनिधिहरुको चहलपहल बढेको छ । नेताहरूले देशभरबाट आएका प्रतिनिधिलाई आ(आफ्नो दस्तावेज र प्रचार सामग्री वितरण गरिरहेका छन् । बन्द सत्रको समय सरेपछि प्रतिनिधिहरुले प्रचारप्रासार गरिरहेका छन् ।
नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन सोमबार समापन गर्ने तयारी गरिएको छ । यसपटक अध्यक्ष केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा दाबी गरेका छन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्