|
२०८२ मंसिर २७
काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन। हाल सम्पूर्ण भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिन सक्ने भए पनि अन्य क्षेत्रहरूमा मौसम खुल्ला रहने महाशाखाले जनाएको छ। राति भने देशका अधिकांश स्थानमा आंशिक बदली रहने सम्भावना छ।
भोलि आइतबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरूमा मौसम प्रायः सफा नै रहने पूर्वानुमान गरिएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्