|
२०८२ मंसिर २७
काठमाडौं—प्राध्यापक तथा अधिवक्ता कुमार इङ्नाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन्। उनले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएका हुन्।
अन्तर्राष्ट्रिय व्यापार, मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ इङ्नाम हाल काठमाडौं स्कुल अफ लमा अध्यापनरत छन्। उनले कानुनसम्बन्धी विभिन्न पुस्तक पनि लेखेका छन्। यसअघि उनी इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पढाउँथे।
पहिचानवादी बौद्धिक व्यक्तित्वका रूपमा चिनिएका इङ्नाम वर्तमान मन्त्रिपरिषदमा कानुनी पृष्ठभूमिबाट आएका तेस्रो मन्त्री हुन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्