काठमाण्डौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ४ जना नयाँ मन्त्री थपेकी छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीमा नियुक्तिका निम्ति उनीहरूका नाम सिफारिस गरिएको हो ।
थपिएका चारमध्येका माधव चौलागाईं जुम्लाका हुन् । पछिल्लो समय ‘हिट’ भएको ‘जुरुक्कै कर्णाली’ गीतका लेखक हुन्, चौलागाईं । उनलाई वन तथा वातावरणमन्त्रीमा सिफारिस गरिएको छ ।
जुम्लाको तातोपानी गाउँपालिकाको लाम्रागाउँका उनी ‘कुडा कर्णालीका’ नामक कर्णाली साहित्य महोत्सवका आयोजक पनि हुन् । उनीसहितको टोलीले हरेक वर्ष ‘कुडा कर्णालीका’ आयोजना गर्ने गरेको छ ।
त्यही टोलीले हरेक महिना काठमाडौंमा ‘कर्णाली डिस्कोर्स’ चलाउँदै आएको छ । उनले शिक्षाशास्त्र संकायअन्तर्गत स्वास्थ्य विषयमा मास्टर्स गरेका छन् । उनले ग्रामीण विकास ‘आरडी’मा पनि एमए गरेका छन् । हाल आफूले मानवशास्त्रमा एमफिल गर्दै गरेको चौलागाईंले बताएका छन् ।
आजै दिउँसो ३ बजे नयाँ मन्त्रीको शपथ कार्यक्रम तय गरिएको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी दिएको छ ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्