एमाले महासचिवको दौडमा शेरधन राई, ११औँ महाधिवेशनका लागि तयारी तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २६

काठमाडौँ – नेकपा (एमाले)का स्थायी कमिटी सदस्य शेरधन राईले पार्टीको आउँदो ११औँ महाधिवेशनमा सचिव पदका लागि आफ्नो दाबी सार्वजनिक गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वप्रति निरन्तर विश्वास व्यक्त गर्दै आएका राईले पार्टीभित्र यसपटक आफूलाई पदाधिकारीको भूमिकामा अघि सार्ने वातावरण बनेको टिप्पणी गरे।

बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संगठनात्मक यात्रामा क्रमशः जिम्मेवारी बढाउँदै आएका कारण सचिव पदमा दाबी गर्नु स्वाभाविक भएको बताए। १०औँ महाधिवेशनमा पनि पदाधिकारीमा जाने प्रयास भए पनि अन्तिममा सहमतिका कारण स्थायी कमिटीमै सीमित रहनु परेको उनले स्मरण गरे।

राईले आफू पार्टीका चुनौती र संकटका घडीमा कहिल्यै पछि नहटेको उल्लेख गर्दै भने, “म पार्टीबाट नबरालिने मान्छे हुँ। कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएर आएको नेता हुँ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *