कवाडी संकलन केन्द्रमा काठमाण्डौं महानगरले चलायो डोजर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । काठमाण्डौं महानगरपालिकाले काठमाण्डौंको रानीबारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ ।

बिहीबार महानगर प्रहरी बलले रानीवारी क्षेत्रको टाउनप्लानिङ्भित्र रहेका दुई वटा कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

बस्तीकाबीच कवाडी संकलन केन्द्र रहदा जोखिम हुने भन्दै कवाडी संकलन केन्द्र हटाइएको काठमाण्डौं महानगर प्रहरी बलले जनाएको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाड संकलन केन्द्र हटाउने भन्दै अभियान नै सञ्चालन गरेको छ । त्यसका विरुद्ध कवाड व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *