काठमाण्डौँ । लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति कार्यक्रम’ बिहीबार सुरु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजन र आयोजक द प्रमिस ल्यान्डुका अध्यक्ष निकेश अधिकारीले कार्यक्रमको उद्घाटन गरे ।
हरिजनले यस क्षेत्रमा रहेका १० सामुदायिक विद्यालयमा बुद्ध शिक्षा लागु गर्न पहल गरिने बताइन् । विश्वका नगरपालिका धेरै छन् तर बुद्ध जन्मस्थल एक मात्रै छ ।
पहिलो दिनको कार्यक्रममा इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसँग सुधांसु दाहालले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्तिबारेका सिकाइ तथा समुदाय सशक्तीकरणसम्बन्धी संवाद गरे ।
जीवन विज्ञान प्रतिष्ठानका एलपी भानु शर्माले नेपालमा १९ हजार वर्ष पुरानो आध्यात्मिक इतिहास रहेको चर्चा गर्दै मेडिटेसनसम्बन्धी प्रस्तुति दिए ।
कार्यक्रममा सागर भन्तेले लुम्बिनीभित्र दुईवटा लुम्बिनी रहेको भन्दै अब विकास कोषभन्दा बाहिरका बासिन्दाको उन्नतिका लागि काम गर्नुपर्नेमा जोड दिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्