जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डको असन्तुष्टि…

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी महोत्सवको उद्घाटन कार्यक्रममा युवाहरू उल्लेख्य उपस्थित नभएपछि असन्तुष्टि पोखेका छन् ।

राष्ट्रियसभा गृहमा अखिल क्रान्तिकारीको आयोजनामा आजदेखि सुरु भएको जेनजी महोत्सव उद्घाटनका लागि प्रचण्ड गएका थिए । तर हलमा युवाहरूको न्यून उपस्थिति देखिएपछि समापन सत्रमा यस्तो नहोस् भनेर आयोजकलाई सुझाव दिएका छन् ।

‘प्रचण्डले असन्तुष्टि पोख्दै भने जेनजी महोत्सव आयोजना गर्नुभयो । यो राम्रो कुरा हो । तर यहाँ जुन रुपमा उपस्थित हुनुपर्थ्यो, त्यस्तो नहुँदा अलि (खल्लो जस्तो) नमज्जा लागेको छ । समापन समारोहमा हल खचाखच होस् । हामीसँग जति पनि छन् युवाहरू । तपाईंले वाईसीएललाई भन्न सक्नुहुन्थ्यो । हामीलाई पनि भन्न सक्नुहुन्थ्यो । देशभर एकता सन्देश सभामा खचाखच मानिस उपस्थित भएका छन्’,

पुस ५ गतेसम्म हुने महोत्सवमा युवाहरूको प्रतिभाको खोजी गरिने आयोजक पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *