सुनसरीमा सवारी दुर्घटना हुँदा अटो चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २४

काठमाण्डौँ । सुनसरीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१९ मिलन चोकस्थित सडकमा को.१ क ७८२ नम्बरको बस र को.१ ह ८७७४ नम्बरको अटो एक आपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१९ एकता मार्ग बस्ने २४ वर्षीय निमेष भुजेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *