काठमाण्डौँ । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवार बन्न चाहने आकांक्षीहरूको नामावली सार्वजनिक गरेको छ।
नेपाली कांग्रेस दैलेखले प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रिय सभा सदस्यका लागि वर्णानुक्रम अनुसार आकांक्षीहरूको नाम सार्वजनिक गरेको हो ।
दुवै क्षेत्रमा टिकटका लागि नेताहरूको दौडधुप बाक्लो देखिएको छ।
सार्वजनिक विवरण अनुसार निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १३ जना आकांक्षी देखिएका छन् । जसमा खेमराज केशी,खेमराज ओली, गणेशप्रसाद उपाध्याय, भूपेन्द्र शाही लगायतका नेताहरू छन् ।
त्यस्तै समानुपातिक तर्फ ६ जना र राष्ट्रिय सभाका लागि ६ जनाको नाम सार्वजनिक भएको छ।
यसैगरी निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा प्रत्यक्ष तर्फ ९ जनाको नाम अगाडि आएको छ । यहाँ निवर्तमान सांसदहरु सीता कुमारी राना, दिक्पाल कुमार शाही लगायतका नेताहरू आकांक्षी देखिएका छन् ।
क्षेत्र नं. २ मा समानुपातिक तर्फ ७ जना र राष्ट्रिय सभा तर्फ ६ जना आकांक्षी रहेका छन् । एक नेताका अनुसार, बिहीबारसम्म उम्मेदवारको टुङ्गो लाग्ने छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्