|
२०८२ मंसिर २३
काठमाण्डौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ ।
एमालेले १०औँ महाधिवेशनमा समेत विद्युतीय मतदान गरेको थियो । यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने नेता सुनिता बरालले जानकारी दिएकी छन् ।
नेता बरालका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम सुरु गरिसकेको छ ।
वैधानिक व्यवस्था अनुसारको पदीय संरचना (कुन पदमा कति जना निर्वाचित हुने) भन्ने काम सुरु भइसकेको हो ।
अघिल्लो पटक विद्युतीय मतदानको स्लिप पनि गणना गरिएको थियो। यस सन्दर्भमा भने यस पटक के गर्ने भन्ने तय भएको छैन ।
कसैले शंका गर्दा पुनः निश्चित गरौँ भन्न मात्रै विगतमा विद्युतीय मतदानको स्लिप पनि गणना गरिएको उनले जानकारी दिइन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्