|
२०८२ मंसिर २२
काठमाण्डौँ । नुवाकोटको सूर्यगढी गाउँपालिका १, बरादी कलाङ्चेका ४२ वर्षीय ल्वाङ तामाङ जङ्गली भालुको आक्रमणबाट घाइते भएका छन् ।
शुक्रबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएको बेला तामाङलाई भालुले आक्रमण गरेको हो।
भालुको आक्रमणबाट गम्भीर घाइते भएका उनको अहिले काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
सूर्यगढी गाउँपालिकाका जनप्रतिनिधि रबिन्द्र तामाङका अनुसार घाइते ल्वाङको स्वास्थ्य अवस्था गम्भीर छ।
साथै, पीडितको पारिवारिक आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले उपचारमा आर्थिक समस्या परेको जनप्रतिनिधि तामाङले जानकारी दिएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्