माओवादी कार्यालयमा जनार्दनले प्रगतिशीलको झण्डा फहराए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

काठमाण्डौँ । गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले कार्यालय खोलेका छन् ।

उनले रुकुम पश्चिमस्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको झण्डा फहराएका छन् ।

नयाँ दल गठनपछि पहिलोपटक आइतबार गृहजिल्ला पुगेका जनार्दन शर्मालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका कार्यकर्ताले रोक्ने कोसिस पनि गरे ।

माओवादी कार्यकर्ताको अवरोधबीच उनले रुकुम पश्चिमस्थित साविक नेकपा मओवादी केन्द्रको कार्यालयमा प्रगतिशील लोकतान्त्रिक पार्टीको झण्डा फहराएका हुन् ।

त्यहाँ दुई पक्षबीच उक्त कार्यालयले प्रगतिशीलले प्रयोग गर्ने सहमतिपछि नेता शर्माले माओवादीको कार्यालयमा प्रगतिशीलको झण्डा फहराएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *