गगन थापाले महाधिवेशन र निर्वाचन एकैसाथ अघि बढाउने संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

सर्लाही, २०८२ मंसिर २०, शनिबार:नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन र आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी एकसाथ अगाडि बढाउने योजना रहेको बताएका छन्।

सर्लाहीको मलङ्गवामा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले केही नेताहरूले महाधिवेशनमा ध्यान दिनुपर्छ कि निर्वाचन तयारीमा लाग्ने भनेर चिन्ता व्यक्त गरेको बताए। तर, उनले दुवै कार्यक्रम सँगसँगै अघि बढाइने स्पष्ट पारे।

महामन्त्री थापाले भने, “फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्ने वा नगर्ने बहस केही समय खेर गयो, तर अब छोटो समयमा महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गर्दछौं।” उनले निर्वाचनले संविधानमाथि असर नपर्ने सुनिश्चित भएको र पार्टीले यस मार्ग रोजेको बताए।

थापाले आगामी निर्वाचनमा सबै दल र समूहले समान अवसर पाउनुपर्नेमा जोड दिए। साथै, सरकारले फरार कैदी र लुटिएका हतियार नियन्त्रण गर्नुपर्ने जानकारी दिइएको बताए।महामन्त्रीले नयाँ नीति र सन्देशसहित सभापतिका उम्मेदवारको रूपमा देशभर दौडाहामा जाने र आगामी निर्वाचनमा काठमाडौँबाट प्रतिस्पर्धा गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *