|
मंसिर १८, २०८२
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनमा हुने आमनिर्वाचन सरकारद्वारा तोकिएको मितिमै सम्पन्न हुने स्पष्ट गराएकी छिन्। २२औँ राष्ट्रिय ज्यापु दिवसको कार्यक्रममा उनले सरकार सम्पूर्ण तयारीसहित निर्वाचन प्रक्रियामा जुटेको जानकारी दिइन्।
उनका अनुसार राष्ट्रको नेतृत्व युवापुस्तामा हस्तान्तरण गर्दै देशलाई तीव्र विकासतर्फ अघि बढाउने उद्देश्यसहित चुनावलाई समयमै गर्नुपर्ने आवश्यकता सरकारलाई गम्भीर रहेको छ।
जेनजी आन्दोलनले देखाएको जनआकांक्षालाई स्मरण गर्दै उनले भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी र आधारभूत आवश्यकताप्रतिको युवाहरूको मागलाई राज्यले संवेदनशीलताका साथ बुझेको बताइन्। ती अपेक्षाहरू पूरा गर्न सरकार र नागरिक दुवैले आफ्नो भूमिकाबाट योगदान गर्नुपर्ने उनले जोर दिइन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्