काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ्ग सेवा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताले कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गरेमा आइफोन १७ जित्ने मौका पाइनेछ।
यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकलाई आइफोन १७ प्रदान गर्नेछ। साथै, फोनपे डाइरेक्टमार्फत रकमान्तर गरेको भिडियो सामग्री सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रयोगकर्तामध्येबाट हरेक दिन सामसुङ इयरबड प्रदान गरिनेछ।
यो योजना मंसिर १५, २०८२ देखि पौष २५, २०८२ सम्म लागू रहनेछ। सहभागी हुन योजना अवधिभर ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्ट प्रयोग गरी कम्तीमा ३ पटक रकमान्तर गर्नुपर्नेछ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थाबाट बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४, २०२५ लगायतका अवार्ड प्राप्त गरिसकेको छ।
देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व काउन्टर, ३ विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ।
बैंकले रेमिट्यान्स सेवामार्फत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायतका देशहरूबाट आर्थिक सेवा उपलब्ध गराउँदै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याइरहेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्