प्रधानमन्त्री कार्की: भ्रष्टाचार विरुद्धको कारबाही जारी रहन्छ

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १७, २०८२

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार विरुद्धको कारबाही रोकिएको नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो कि निर्वाचन तयारीसँगै सुशासन र भ्रष्टाचार विरुद्धको काम पनि अगाडि बढाइरहेको छ।प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो जस्ता निकायलाई पूर्ण स्वतन्त्रता दिएर काम गर्न दिन्छौं। थप आयोग बनाएर मात्र नतिजा आउँदैन।”

उहाँले भ्रष्टाचारको मूल कारण दलीय प्रभाव र शक्ति केन्द्रित संरचना भएको बताए। साथै, आगामी चुनावमा युवालाई संसदमा पठाएर परिवर्तन ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधि सुदन किरातीले जेनजी आन्दोलनको माग चाँडो सम्बोधन गर्नुपर्ने र हालको गुण्डागर्दी रोक्न सरकारको ध्यानाकर्षण गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Weston4311

    December 3, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *