एमाले महाधिवेशनका सबैजसो जिल्लाबाट प्रतिनिधि टुंगो, दुई जिल्लामा प्रक्रिया बाँकी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनका लागि ओखलढुङ्गा र धनकुटा बाहेक सबै जिल्लामा प्रतिनिधि छनोट सम्पन्न भएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले बताए। बाँकी दुई जिल्लामा पनि चार दिनभित्र निर्वाचन सक्न निर्देशन दिइएको छ।

छानिएका प्रतिनिधिहरूका विवरण प्रदेश कमिटीमार्फत संकलन भइरहेकाले छिट्टै केन्द्रीय कार्यालयमा बुझाइने र त्यसपछि प्रतिनिधि कार्ड वितरण हुने समितिले जनाएको छ।
महाधिवेशनमा करिब २,२०० प्रतिनिधि सहभागी हुनेछन्। कार्यक्रम मंसिर २७ देखि २९ गतेसम्म हुने निर्धारित छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *