चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

तनहुँको व्यास–३ दुर्गा मन्दिर नजिक मुग्लिन–पोखरा सडकको चार लेनमध्ये दुई लेन चार महिनापछि मर्मत हुँदैछ। गत साउनमा लगातार सवारी चापले सडक भाँसिएको थियो।

मर्मत कार्य सुरु भएको जानकारी मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले दिएका छन्। करिब एक सय मिटर सडक कालोपत्र गरेर एकतर्फी सवारी सञ्चालन जारी राखिएको छ।

पूर्वी खण्डको जामुनेदेखि आँबुखैरेनीसम्मको ४१.५ किलोमिटर सडक चार लेनमा विस्तार गरिएको छ। ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको थियो र लागत रु ८ अर्ब २१ करोड ३१ लाख १३ हजार छ।

सवारी चाप बढेसँगै एसियाली विकास बैंकको सहयोगमा सडक चौडा बनाइएको हो। भाँसिएको खण्ड मर्मत भएपछि यातायात सहज हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *