नेपाल–चीन महिला सम्मेलनमा सहकार्यको अवसर

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १७, २०८२

काठमाडौँ : नेपाल–चीन सम्बन्धको ७० वर्षमा पहिलो औपचारिक महिला सम्मेलन मङ्सिर ८–१२ गते ल्हासामा सम्पन्न भएको छ। सम्मेलनमा महिला अधिकार, स्वास्थ्य, उद्यमशीलता, पर्यटन, जडीबुटी र हस्तकलामा सहकार्यका विषयमा छलफल भएको थियो।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व आदिवासी जनजाति आयोगकी सदस्य रीना रानाले गरेकी थिइन्। प्रतिनिधिहरूले तिब्बती उपचार पद्धति अवलोकन गरी स्वास्थ्य परीक्षणसमेत गरे।

सिजाङ प्रान्तकी उपमहानिर्देशक ओयाङ झिबिङले यो पहलले नेपाल–चीन मैत्री थप सुदृढ हुनेमा खुसी व्यक्त गरिन्। सम्मेलनले महिला नेतृत्व र आर्थिक विकासमा अनुभव साटासाट गर्ने अवसर पनि प्रदान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *