मंगलबार सुन सस्तो, चाँदी भने अलि महँगियो

DaksuMedia दाक्सु मिडिया
|
मंसिर १६, २०८२

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा गिरावट देखिएको छ भने चाँदीको मूल्य भने हल्का वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ५३ हजार ६ सय रूपैयाँमा कारोबार हुँदै आएको छापावाल सुन आज ३ सय रूपैयाँले सस्तो भएको छ। यसको नयाँ मूल्य प्रतितोला २ लाख ५३ हजार ३ सय रूपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा भने वृद्धि भएको छ। सोमबार प्रतितोला ३ हजार ५ सय ३५ रूपैयाँ रहेको चाँदी आज १० रूपैयाँले बढेर ३ हजार ५ सय ४५ रूपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *