काठमाडौँ — प्रमुख कार्यकारी अधिकृत (CEO) सहित तीन कर्मचारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को अनुसन्धान प्रक्रियामा परेपछि प्रभु बैंकले वरिष्ठ कर्मचारी निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (Acting CEO) को जिम्मेवारी दिएको छ। संचालक समितिको निर्णयअनुसार लम्साल आजैदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।
प्रभु बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि अनुसन्धानको क्रममा भए पनि बैंकका सबै शाखाबाट प्रदान हुने सेवामा कुनै अवरोध नआउने र बैंकिङ गतिविधि पूर्ण रूपमा नियमित रूपमा सञ्चालन भइरहेको छ।
बैंकले निक्षेपकर्ता, ग्राहक र शेयरधनीको हितमा कुनै नकारात्मक प्रभाव नपर्ने दाबी गर्दै वित्तीय सुशासन यथावत् कायम रहने उल्लेख गरेको छ। साथै, बैंकले आफ्ना सेवाग्राही तथा शेयरधनीहरूप्रति निरन्तर विश्वास, सहयोग र सद्भाव प्राप्त भइरहनेमा आशा व्यक्त गरेको छ।
सूचना अधिकारी रविन्द्र ढकालद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा बैंकले स्थायित्व र सेवा निरन्तरताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।



दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्