लिखुपिके–१ सापेमा चोरी–शिकारी नियन्त्रण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १२

सोलुखुम्बु । जिल्ला बन कार्यालय सोलुखुम्बुको आयोजनामा लिखुपिके गाउँपालिका–१, सापेमा पिके लोप्साङ सामुदायिक वनका अध्यक्ष मिङ्मार टेण्डी शेर्पाको अध्यक्षतामा चोरी–शिकारी विरोधी एक दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत प्रमुख अतिथि तथा उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै अध्यक्ष मिना कार्की बस्नेतले सामुदायिक वन क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु, विशेषगरी रेड पाण्डाको संरक्षणमा स्थानीय उपभोक्ताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले चोरी–शिकारी रोकथामका उपाय तथा वन्यजन्तु संरक्षणका रणनीतिहरूमा सामुदायिक तहबाटै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिनुभयो।

अभिमुखिकरण कार्यक्रममा जिल्ला बन कार्यालयका बन अधिकृतसहित अन्य कर्मचारी तथा स्थानीय वन उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले सामुदायिक वन क्षेत्रमा वन्यजन्तु संरक्षण, निगरानी तथा सचेतनामूलक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *