|
२०८२ मंसिर १२
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४, कर्रा चोक नजिक गए राति भएको सडक दुर्घटनामा एक पैदलयात्रीको ज्यान गएको छ।
पशुपतिनगरबाट हेटौंडातर्फ गइरहेको ना ३८ प ५८५० नंम्बरको मोटरसाइकलले ठक्कर दिँदा पर्सा, वीरगञ्ज–१६ नागुवा घर भइ हेटौंडा–१० मा बसोबास गर्दै आएकी ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्।
उपचारका क्रममा हेटौंडा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनामा संलग्न मोटरसाइकल तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्