एमाले ११औँ महाधिवेशन: सोलुखुम्बुमा बिना भिडन्त सर्वसम्मत नेतृत्व चयन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ११

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियामा सोलुखुम्बु जिल्ला उदाहरणीय बनेको छ। निर्वाचन समितिका संयोजक वीर उदास श्रेष्ठका अनुसार जिल्लालाई तोकिएको ६ प्रतिनिधिमा सबै पदका लागि एक–एक मात्र उम्मेदवार दर्ता भएपछि सर्वसम्मत रूपमा निर्वाचित घोषणा गरिएको हो।

खुला तर्फबाट बुद्धिकुमार राजभण्डारी र डुफ कुमार बास्तोला प्रतिनिधि बनेका छन्।
उत्पीडित समूहतर्फ डि. बी. रनपाल चयन भएका छन्।

त्यसैगरी, महिलातर्फ कल्पना राई र मोहन कुमारी कार्की निर्वाचित भएका छन्।
४० वर्ष मुनिका युवातर्फ जगन्नाथ बास्तोला प्रतिनिधि बनेको संयोजक श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *