नवलपरासीमा छोराको कुटपिटबाट बुवाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १०

काठमाडौँ । नवलपरासी पूर्वमा छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको छ। हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकलाई उनका ३० वर्षीय छोरा सन्तकुमार विकले मंगलबार राति पौने १२ बजे कुटपिट गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरायसी विवादक्रममा सन्तकुमारले बुवालाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर अवस्थामा रहेका रामबहादुरलाई उपचारका लागि मध्यबिन्दु अस्पताल डण्डा लगिएको थियो। अस्पतालले राति सवा १२ बजे उनलाई मृत घोषणा गरेको जनाएको छ।

कुटपिट गर्ने सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *